उखु किसानको रकम नदिने उद्योगी पक्राउ गर्ने निर्णय

काठमाडौँ । सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ ।
मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको हो ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाललगायत उपस्थित थिए ।
आइतबारदेखि माइती घरमा उखुको मूल्य माग्दै किसानहरु प्रदर्शनरत छन् ।


प्रकाशित | ३० मंसिर २०७७, मंगलवार १६:०९