निर्यात बढाउन २८ स्वदेशी वस्तुको पहिचान

काठमाडौं : सरकारले मुलुकमा व्यापारघाटा बढ्दै गएपछि निर्यात प्रवद्र्धन गर्नका लागि विभिन्न २८ वटा वस्तु पहिचान गरेको छ । आयात बढ्दै गएपछि सो अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकमा व्यापारघाटा चुलिँदै गएपछि निर्यातयोग्य वस्तुको पहिचानगरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात बढाउनका लागि ती वस्तुहरू पहिचान गरेको हो । पहिचान गरिएका वस्तुमा अलैंची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक, कपडारधागो, लेदर, जुत्ता, च्याङ्ग्रा पस्मिना, गलैंचा कफीराखिएको छ  । यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुट ब्याग, छुर्पी, रुद्राक्ष पहिचान गरिएको छ ।

मन्त्रालयका उपसचिव वुद्धि उपाध्यायले स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन गर्नका लागि २८ वटा वस्तु पहिचान गरिएको बताए ।
ती वस्तुहरू कूटनीतिक एजेन्सी, नेपाली दूतावास र दातृ निकायमार्फत प्रवद्र्धन गर्न सुरु गरिएको उनले जानकारी दिए ।व्यापार विस्तार गर्न निर्यात क्षमताको वस्तु पहिचान गरी प्रवद्र्धन सुरु गरिएको उनले जानकारी दिए । मुलुकमा आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न सकेको छैन । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १४ अर्ब १८ अर्ब रुपैयाँ बराबरको आयात भएको निर्यात भने ९७ अर्ब रुपैयाँको भएको छ । सो अवधिमा आयातित वस्तुमध्ये ६४।७ प्रतिशतका दरले मुलुकमा भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोडको वस्तु आयात गरेको थियो। नेपालले ६२ अर्ब ७३ करोडको वस्तु भारतमा निर्यात गरेको थियो।

गत वर्ष नेपालले भारतसँग मात्रै आठ खर्ब ५५ अर्ब १९ करोडको व्यापारघाटा व्यहोरेको छ । छिमेकी मुलुक भारतसँग मुलुकको व्यापारघाटा सबैभन्दा धेरै रहेको छ ।

मुलुकमा बढ्दै गएको व्यापारघाटा कम गर्नका लागि सरकारले राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जोड दिएको छ । पूर्वसचिव पुरुषोतम ओझा बढ्दो व्यापारघाटा कम गर्नका लागि स्थानीय उत्पादन बढाएर निर्यातमा जोड दिनुपर्ने बताए । “हामीले स्थानीय स्तरमा उत्पादन गर्न सकिने वस्तु पनि आयात गरिरहेका छौ,” उनले भने, “कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न सके व्यापारघाटा कम गर्न सकिन्छ ।”
यसअघि सरकारले निर्यात बढाउनका लागि व्यापार एकीकृत रणनीति ९एनटीआईएस० २०१६ अन्तर्गत ९ वटा वस्तु पहिचान गरेको थियो । एनटीआईएस अन्तर्गत राखेका ति वस्तुको निर्यात भने बढ्न सकेको छैन ।

निर्यात प्रर्वद्धन गर्नका लागि ९ वटा तुलनात्मक लाभ भएका वस्तुको निर्यात सन्तोषजनक अवस्थामा छैन । एनटीआईएस २०१६ अन्तर्गत अलैंची, अदुवा, चिया, औषधि तथा सुगन्धित वनस्पति, कपडारधागो, लेदर, जुत्ता, च्यांग्रा पस्मिना, गलैंचा छन् । ती वस्तुको निर्यात वृद्धि हुन सकेको छैन ।

जसले गर्दा मन्त्रालयले थप निर्यात क्षमताको वस्तु पहिचान गरेको जनाएको छ ।अलैंची भारत, चीन र फ्रान्स निर्यात हुन्छ । अदुवाको निर्यात गत वर्ष ३३।६८ प्रतिशतले घटेको छ । २०७४(७५ मा ७७ करोड २४ लाख रुपैयाँको निर्यात भएको अदुवा २०७५(७६मा घटेर ५१ करोड २२ लाख रुपैयाँमा झरेको छ व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङक छ ।

यस्तै,अदुवा वार्षिक २ लाख ८४ हजार टन उत्पादन हुन्छ । मुख्य निर्यात हुने मुलुक भने भारत हो । चियाको निर्यात पनि १।४७ प्रतिशतले घटेर ३ अर्ब २० करोड ३९ लाख रुपैयाँमा झरेको तथ्यांक छ । कारोबार दैनीक


प्रकाशित | ११ भाद्र २०७६, बुधबार १२:०१