युक्रेनबाट देश छाड्नेको संख्या ५ लाख नाघ्यो: संयुक्त राष्ट्र संघ

तस्विर : बीबीसी

एजेन्सी – रुसले युक्रेनमाथि आक्रमण जारी राखेको पाँचौं दिनमा आइपुग्दा देश छाड्नेको संख्या ५ लाख नाघेको छ ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी मामिला हेर्ने निकायका अनुसार अहिलेसम्म ५ लाख भन्दा बढीले देश छाडेका हुन ।

उनीहरु युक्रेनबाट भागेर छिमेकी देशहरूमा पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ।

त्यस्तै, अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरू देशभित्रै विस्थापित भएको पनि एनएचसीआरले जनाएको छ। यूएनएचसीआरले देश छोडेर भाग्ने मानिसलाई शरणार्थी मान्छ । 

युक्रेनमा ४ करोड ४० लाख जनसंख्या छ ।


प्रकाशित | १६ फाल्गुन २०७८, सोमबार १९:२७