युक्रेन-रुस द्धन्द्ध : धेरै बालबालीकाले ज्यान गुमाए

कारमा आगजनी हुँदा पोलिना आफ्नो परिवारसँगै थिइन् । तस्विर : बीबीसी

कीभ – रुसी आक्रमणमा परि राजधानी कीभको प्राथमिक विद्यालयको अन्तिम वर्षमा अध्ययनरत पोलिना नामकी बालीकाले अकालमै ज्यान गुमाइन् । कीभको स्थानीय अधिकारीका अनुसार उनी र उनका आमाबुवालाई राजधानीको उत्तर पश्चिमको सडकमा रुसी तोडफोड र टोही समूहले गोली हानी हत्या गरेको थियो।

कारमा आक्रमण हुँदा पोलिना आफ्नो परिवारसँगै थिइन् । आक्रमणमा परेका पोलिनाका भाइ र बहिनीलाई अस्पताल लगियो। उनको बहिनी सघन हेरचाहमा थिइन् र उनको भाइलाई छुट्टै बाल अस्पतालमा लगियो।

किन्डरगार्टनमा भएको अर्को आक्रमणमा एक सात वर्षीया बालिकाले पनि ज्यान गुमाइन् । रुसले आक्रमण जारी राख्दा युक्रेनमा बालबालीकासहित अन्य कैयौं सर्वसाधारणको मृत्यु भएको छ ।

बीबीसीका अनुसार युक्रेनमा रुसको आक्रमणमा मारिने सर्वसाधारणको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अहिलेसम्म युक्रेन आक्रमणमा बालबालिका सहित २१० जना सर्वसाधारणले ज्यान गुमाएका छन् ।


प्रकाशित | १६ फाल्गुन २०७८, सोमबार ११:५१