युक्रेनको राजधानी किएभमा साँझ ५ बजेदेखि कर्फ्यू

किएभ – युक्रेनको राजधानी किएभमा कर्फ्यू जादेश जारी गरिएको छ । किएभका नगर प्रमुख भिताली क्लित्स्कोले युक्रेनको राजधानीमा साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गर्नु भएको हो ।

यसअघि राति १० बजेबाट बिहान ७ बजेसम्म कर्फ्यू लागु गरिएको थियो। क्लित्स्कोले ट्विट गर्दै कर्फ्यूको समयमा सडकमा देखिने जोकोही सर्वसाधारणलाई शत्रु समूहको सदस्य मानीने आदेशमा जनाइएको छ ।


प्रकाशित | १४ फाल्गुन २०७८, शनिबार १८:५६