फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको बताउनुभएको छ । सत्ता गठबन्धन भत्कने आशंका बढिरहेका बेला प्रचण्डले ‘क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको’ बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरु यसरी नै सत्ता उल्ट्यान प्रयास गर्ने गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभयो, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन् ।अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’


प्रकाशित | ११ फाल्गुन २०७८, बुधबार १६:३०