नेपालमा एकै दिन थपिए ४४८ कोरोना संक्रमीत, संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं: नेपालमा आज एकै दिन ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमितमा ४२४ पुरुष र र २४ जना महिला रहेका छन् । यो सँगै कुल संख्या ५ हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबिस घन्टामा गरिएको कोरोना परीक्षणको क्रममा ४४८ थपिएका हुन । कुल संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला छन्।

नेपालमा हालसम्म ८७७ जना उपचारपछि निको भएका छन्। १६ जना पछिल्लो चौबिस घण्टामा डिस्चार्ज भएका हुन्। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।


प्रकाशित | ३० जेष्ठ २०७७, शुक्रबार १६:२८