संसदमा एमसीसी टेबल, अर्को बैठक फागुन १२ गते

काठमाडौं –  प्रतिनिधिसभामा मिलेनियम च्लालेन्ज कर्पोरेशन एमसीसी टेबल भएको छ । सरकारका प्रवक्ता, सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसीको विपक्षमा रहेका सांसदहरुको नाराबाजीकै बीच सम्झौता अनुमोदनका लागि टेबल गर्नु भएको हो ।

एमसिसी टेवल गर्दै मन्त्री कार्कीले सरकारले नेपालको संविधानको सर्वोच्चता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति र कुनै सैन्य संगठनमा आबद्ध नहुने प्रतिबद्धता जनाउनु भयो ।

वर्तमान सरकार अघिल्ला सरकारहरुको अविच्छिन्न उत्तराधिकार रहेको भन्दै तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले संसदमा दर्ता गराएको सम्झौता अनुमोदनका लागि पेस गरेको बताउनु भयो ।

२०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराउनु भएको थियो ।

संसदमा एमसिसी टेवल भइरहँदा प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने सदनको अवरोध गरेको थियो भने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुगं, एमाले सांसद भीम रावल, नेमकिपा सांसद प्रेम सुवाल र जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसदमा टेवल गर्न र खारेजीको माग गर्नु भएको थियो ।

एमसिसी टेवल भएसँगै सभामुख अग्नी सापकोटाले अर्को बैठक फागुन १२ गते बस्ने गरि स्थगीत गर्नु भएको छ ।


प्रकाशित | ८ फाल्गुन २०७८, आईतवार १४:३५