चुनावमा प्रतिगमनकारीहरुलाई आँधीबेहरी र तुफान बनेर पराजित गछौं : गृहमन्त्री थापा

काठमाडौं – गृहमन्त्री तथा नेपाल कम्युनिष्ठ पार्टी ओली समुहका नेता राम बहादुर थापाले आगामी चुनावमा प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्ने बताउनुभएको छ ।

थापाले नेकपा केपी शर्मा ओली समूहले आयोजना गरेको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गरेरै छाड्ने बताउनुभएको हो ।

थापाले भन्नुभयो, ‘नेकपाबाट एउटा गुट अलग भएको छ । प्रतिक्रियावादीहरूले उसमा खुशी र उत्सव मनाइरहेका छन् । जनतना दुखित भएका छन् ।प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ । उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ ।’

पार्टीको राय्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अघि बढाउने बताउँदै थापाले कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहनुभएका नेतृत्वलाई साथ लिन पनि सबैमा आग्रह गर्नुभयो ।


प्रकाशित | ९ पुष २०७७, बिहीबार १५:४५