एनआरएनए यूके अध्यक्षमा प्रेम गाहा मगर, अन्य पदमा को-को भए विजयी ?

लन्डन –  एनआरएनए यूके अध्यक्षमा प्रेम गाहामगर विजयी हुनु भएको छ । अनलाइन मतदानमा अध्यक्षका दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गर्दै विजयी हुनु भएको हो ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा निर्वाचित गाहामगरले ४ हजार ५ सय ७४ मत पाउनु भएको छ भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ सय ९१ र २ हजार १ सय ४८ मत प्राप्त गर्नु भयो ।

अन्य सबै पदमा मगरको पूरै प्यानल विजयी भएको छ । एनसीसी यूकेको २ उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी हुनु भएको छ ।

सोही पदका अन्य प्रत्यासीहरु पवन शर्माले २ हजार ३ सय ६४ , तेजेन्द्र रोकाले १ हजार ४ सय ३५ र अमन गौचनले ९ सय २५ मत प्राप्त गर्नु भयो ।

महिला उपाध्यक्षमा शकुन्तला गुरुङ ३ हजार ७ सय ४३ मत ल्याएर विजयी हुनु भयो । उहाँका दुई प्रतिस्पर्धी सरस्वती केसी २ हजार १५२ र प्रसुना कंडेलले २ हजार ४ सय ६९ मत प्राप्त गर्नु भयो । ।

नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेल ४ हजार ४ सय ९५ मत ल्याएर विजयी हुनु भयो भने उहाँको प्रतिस्पर्धी नारायण कुँवरले २ हजार ७ सय ४८ मत ल्याउनु भयो ।

एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी हुनु भयो भने उहाँको प्रतिस्पर्धी छबिलाल अर्यालले २ हजार ९ सय ९ मत पाउनु भयो ।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी हुनु भयो । उहाँसगै प्रतिस्पर्धामा रहनु भएको जीत रानाभाटले २ हजार ६ सय ३९ र डा मुकुन्द बांस्तोलाले २ हजार ३ सय २५ मत ल्याउनु भयो ।

२ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी हुनु भयो भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्मा विजयी हुनु भयो । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी हुनु भयो ।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी हुनु भयो ।

इंग्ल्याण्डमा गुरुङ र स्कटल्यान्डमा भण्डारी

एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भन्डारी अध्यक्ष विजयी हुनु भएको छ । इंग्ल्यान्डको अध्यक्षमा विजयी गुरुङले ३ हजार ६ सय २३ मत प्राप्त गर्नु भयो भने प्रतिद्वन्दी डा मीन रानाभाटले ३ हजार १ सय ४१ मत पाउनु भयो । परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी हुनु भयो ।

त्यस्तै, स्कटल्यान्ड राज्य परिषदमा काशिराम भन्डारी ५ सय २२ मतसहित विजयी हुनु भएको छ । उहाको प्रतिस्पर्धी दिवाकर पाण्डेले २ सय ५० मत ल्याउनु भयो ।

स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भण्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भए । सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी हुनु भएको छ । वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भइसकेको छ।

त्यस्तै, आइसिसी सदस्यमा राजेन्द्र पुडासैनी, महेश अधिकारी, कोश्लेश्वर ढकाल, दिनेश घिमिरे, भिमलाल भट्टराई, एलएन पाण्डे र समीर खनाल निर्विरोध चयन हुनु भएको छ ।


प्रकाशित | २३ श्रावण २०७८, शनिबार ०७:५६