एमसीसीविरुद्ध माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको प्रदर्शन

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौंताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आज माइतीघर मण्डलामा पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी खारेज गरौं, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।

विरोधमा सहभागी नेताहरूले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् ।


प्रकाशित | १ फाल्गुन २०७८, आईतवार १९:३०