महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश राणा निलम्बनमा

काठमाडौँ । संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा पर्नुभएको छ ।

राणाविरूद्ध सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार बिहान महाअभियोग दर्ता गरेका हुन्। महाअभियोग दर्ता गरेसँगै उहाँ नेपालको संविधानको धारा १०१ अनुसार  निलम्बनमा पर्नुभएको हो । महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, जीवनराम श्रेष्ठ, पुष्पा भुसाल, देव गुरूङलगायत रहनुभएको छ ।

संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वतस् निलम्बनमा पर्नुभएको हो । मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ ।


प्रकाशित | १ फाल्गुन २०७८, आईतवार १२:३५