कांग्रेसले बाँकि रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने

काठमाडौँ – नेपाली काँग्रेसले पटक पटक सार्दै आएको १६ जिल्लाको अधिवेशन मिति टुंगो लगाएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले एक विज्ञिप्त जारी गर्दै अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको जानकारी गराउनु भयो ।

फागुन १० गतेभित्र अधिवेशन बाँकी वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन गरिनेछ । पछिल्लो पटक काँग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।


प्रकाशित | २८ माघ २०७८, शुक्रबार १९:३६