फागुन १ गतेदेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज खोप दिइने

काठमाडौँ – सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई सरकारले बुस्टर डोज खोप दिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेका कामको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको जानकारी दिनु भयो ।

यसअघि बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको दुवै डोज खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको सूचना सार्वजनिक गरिएको थियो । बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।


प्रकाशित | २८ माघ २०७८, शुक्रबार १३:२६