नेपालमा थपिए २५२६ कोरोना संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार ५२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनामा नमुना परीक्षण गर्दा २ हजार ५२६ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ८ हजार ४२५ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ।


प्रकाशित | २१ माघ २०७८, शुक्रबार १५:५४