सुनचाँदीको भाउ घट्यो

काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा सोमबारको तुलनामा मंगलबार सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने आज प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १२:४२