त्रिशुली बस दुर्घटना अपडेट: चार जनाको मृत्यु, २५ बढी घाइते, उद्दार कार्य जारी

धादिङ : झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा चार जनाको ज्यान गएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक ना ७ ख ४३८७ नम्बरको बस त्रिशुलीमा खस्दा मृत्य हुनेको संख्या ४ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय घादिङकाअनुसार दर्घटनामा २५ भन्दा बढी घाइते भएका छन्। घाइतमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ। बसमा कति यात्रु थिए भन्ने अझैं यकिन हुन सकेको छैन।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ०८:२१