को बन्ला आयल निगमको कार्यकारी निर्देशक ? यी हुन् १७ प्रतिस्पर्धी

काठमाडौँ – नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदमा १७ जनाको दरखास्त निवेदन पेस भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार आवेदन दिएकाहरुको सूची सार्वजनिक गरेको हो । मन्त्रालयले रिक्त पदमा गत पुस २५ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । 

आवेदन दिनेमा जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा. डा. लक्ष्मण पौडेल, लोकबहादुर पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चितरञ्जन दास, रामदेव यादव, डा. श्री चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमार हुनुहुन्छ ।


प्रकाशित | १७ माघ २०७८, सोमबार १९:०८