थाइल्यान्डमा आयुष्मान र शिल्पा ‘सानो मन’ को छायाङ्कनमा ब्यस्त

काठमाडौं: चलचित्र सानो मनको छायाङ्कन तीब्र गतिमा भइरहेको छ । थाइल्यान्डमा रहेको चलचित्र टिमका मुख्य अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के यतीखेर छायाङ्कनमा ब्यस्त छन् । पतायाको समुन्द्री किनारमा गीतको केहि दृश्यहरु छायांकन गरिएको र बैंककमा केहि दृश्य छायांकन हुने निर्माता राजेन्द्र मानन्धरले बताएका छन् ।

छायाङ्कनमा आयुषमान र शुष्मा रोमान्टिक मुडमा देखिएका छन् । थाइल्यान्डमा छायाङ्कन भैरहेको गीतमा रोहितजोन क्षत्रीको स्वर रहेको छ भने स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत रहेको छ । गीतलाई निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन् ।

सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानहरुमा बाँकी छायाङ्कन सुरु गरिएको र गीतको बाँकी छायाङ्कन पछि चलचित्र्का थप दृष्यहरु छायांकन गरेर टोली १५ जेठमा काठमाडौं फर्कने बताइएको छ । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेण्ट र हाईटेक इन्टरटेन्मेण्टको ब्यानरमा बनेको यो चलच्त्रका निर्माताहरुमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजिब श्रेष्ठ र रमेश कुमार मित्तल रहेका छन् ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार ११:५१