सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइयो (आदेशसहित)

काठमाडौँ – काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएको छ ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

उता निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली कामय नै राखिएको छ ।

यो निर्णय माघ १४ गते राति १२ बजेदेखि लागू हुने प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ । उपत्यकामा माघ ७ गतेदेखि जोर बिजोर प्रणाली लागू गरिएको थियो ।

यस्तो छ आदेश

No description available.

No description available.No description available.No description available.No description available.


प्रकाशित | १४ माघ २०७८, शुक्रबार २०:२३