भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

भैरहवा : रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण जोखिम बढेको हो ।

भैरहवामा दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित भइरहेका छन् । भैरहवा भन्सार कार्यालय हुँदै छ हजार पाँच सयभन्दा बढी फलफूल, तरकारी र खाद्यान्नलगायत सामान बोकेर ट्रक तथा कन्टेनर प्रवेश गर्ने गरेका छन् ।

भन्सार कार्यालयका अनुसार यी सवारी साधनका चालक र सहचालक १३ हजारभन्दा बढी हुन आउँछ । सवारी साधन चालकले नेपालमा प्रवेशसँगै स्थानीय पसलमा सामान किन्ने, चिया पसलमा चिया खाने र सामान लोड अनलोड गर्दा धेरै मानिससँग सम्पर्क हुने भएकाले सीमाक्षेत्रमा त्रास देखिएको हो ।


प्रकाशित | ३१ बैशाख २०७७, बुधबार १०:४५