सुनचाँदीको मूल्य घट्यो

काठमाडौं- आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । साताको पाँचौ दिन सुनचाँदीको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित | १३ माघ २०७८, बिहीबार १२:२१