जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयको परिपत्र : घरबाहिर निस्कन नदिनू

काठमाडौं । सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निषेधाज्ञा कडा पार्न निर्देशन दिएको छ । निषेधाज्ञालाई उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरिएको हो ।

नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निषेधाज्ञालाई कडा पार्न गृह मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले सबै जिल्ला प्रशासनहरुलाई परिपत्र गर्दै कुनै हालतमा पनि सर्वधारणलाई घरबाहिर निस्कन नदिन निर्देशन दिइएको छ ।

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ । काठमाडौं उपत्यकास्थित तीनैवटा प्रमुख जिल्ला अधिकारीले केही दिनमा बसेर निषेधाज्ञाको समीक्षा गर्ने भएका छन् ।


प्रकाशित | ९ जेष्ठ २०७८, आईतवार ०७:५७