टेकु अस्पतालमा स्थगित खोप अभियान आजदेखि पुन: सञ्चालन

काठमाडौं –  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा आजदेखि पुन: खोप अभियान सञ्चालनमा आउने भएको छ । कर्मचारीमा कोरोना संक्रमण लागेपछि एक साताका लागि स्थगित गरिएको खोप अभियान आज (मंगलबार) देखि पुन: सञ्चालनमा आउने भएको हो ।

अस्पतालले आइतबार एक सूचना प्रकाशित गर्दै सोमबारदेखि ७ दिनका लागि स्थगित गरेकोमा सोमबार अस्पतालले अर्को विज्ञप्ति जारी गर्दै मंगलबारदेखि पुन: सञ्चालनमा आउने जनाएको हो ।

अस्पतालले काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी टेकु अस्पतालबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जानकारी गराएको हो ।

 


प्रकाशित | १० माघ २०७८, सोमबार १८:११