प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : राम र अयोध्याबारे बहस गर्ने बेला हो यो ?

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको मूल सवाल पन्छाएर विषयान्तर गर्न खोजेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले राम र अयोध्यायका कुरा उठाएर देशका जल्दाबल्दा मुद्दा र समस्यालाई ओझेलमा पार्न खोजेको आरोप नेता रावलले लगाउनुभएको हो ।

नेता रावलले भन्नुभएको छ, ‘यो बेला सीमा क्षेत्र मिचिएको,तराईका वस्ति डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्यावारे वहस गर्नुपर्ने हो ? विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो ।’


प्रकाशित | ३० असार २०७७, मंगलवार १८:२७