सूर्यविनायकमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त प्रधानाध्यापकको विषयमा भ्रम फैलाउने कार्य गरिएको भन्दै आपत्ति

भक्तपुर: सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिएका प्रधानाध्यापकको विषयमा गलत प्रचार गर्न खोजीएको भन्दै आपत्ति जनाएको छ । नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले बिहीबार एक विज्ञप्ति जारी गर्नुहुँदै प्रतिस्पर्धावाट अव्वल ठहरी नियुक्ति पाई कार्यक्षेत्रमा खटीएका प्रधानाध्यापकहरुलाई लक्षीत गरि वास्तविक कुरा नवुझी हचुवाको भरमा लेख लेख्ने र प्रतिक्रिया जनाउने कार्यप्रति ध्यानाकर्षण भएको बताउनुभयो ।

नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पहिलो पटक स्थायी नियुक्ति पाई कार्यरत रहेका शिक्षकहरुमध्ये खुल्ला प्रतिस्पर्धावाट प्रधानाध्यापक नियुक्ती गर्ने कार्यविधि २०७९ जारी गरी राष्ट्रिय रुपमा ख्याती प्राप्त शिक्षाविद प्रा.डा मन प्रसाद वाग्लेको विज्ञ समूहद्वारा विद्यालय सुधार योजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिई योग्यताक्रम सूचीका आधारमा नियुक्ति गर्ने ऐतिहासिक कार्य गरेको स्पष्ट पारेको छ ।

नगरपालिकाले सामुदायिक विद्यालय सुधार तथा स्तरोन्नतीको लागि सकारात्मक कार्यको थालनी भएकोमा नकारात्मक प्रचारबाजी प्रति भ्रममा नपर्न र प्रधानाध्यापक छनोट प्रतिस्पर्धाबाट अव्वल सावित भई ऐतिहासिक कार्यभार पूरा गर्न जोश जाँगरका साथ कर्मक्षेत्रमा खटिएका नव–नियुक्त प्रधानाध्यापकहरुमा उच्च मनोवलका साथ कार्य सम्पादन गरि उत्कृष्ट नतिजा सहित विद्यालय सुधार योजना सफल पार्न आग्रह समेत गरेको छ ।

‘सूर्यविनायक नगरपालिकामा कक्षा १२ सम्म १० वटा, ८ कक्षा संचालनमा रही नगर स्तरिय परिक्षामा सहभागि विद्यालय ४ वटा सहित २० वटा आधारभूत विद्यालय रहेका छन प्रधानाध्यापक छनोट परिक्षामा सहभागि ३९ जना शिक्षक मध्ये १४ जना माध्यमिक तहको दरवन्दीमा कार्यरत ४ जना नि.मा.वि तहको दरवन्दीमा कार्यरत शिक्षक र २१ जना प्राथमिक तहको दरवन्दीमा कार्यरत शिक्षकहबाट प्रधानाध्यापक हुन आवेदन पेश भएकोमा विज्ञ समूहको मूल्यांकनवाट योग्यताक्रम सूचि अनुसार नतिजा सार्वजनिक गरी नगर कार्यपालिकामा सिफारिस गरिएकोमा नगर कार्यपालिकाको १४५ औं वैठकको निर्णय अनुसार योग्यताक्रमका शिक्षकबाट फारम पेश गर्दा नै तोकिएको ३ वटा विद्यालयमा प्राथमिकता क्रमका आधारमा पदस्थापना गर्ने निर्णय भए वमोजिम १० जना माध्यामिक तहका शिक्षकलाई १० मा.वि.मा, ४ जना नि.मा वि तहमा रहेका शिक्षकलाई ८ कक्षा संचालन भएका ४ विद्यालयमा र वाँकीलाई पहिला नै रोजेको ३ विद्यालयहरुमध्ये पहिलो प्राथमिकताक्रमको आधारमा नियुक्ति र पदस्थापना विधि पारदर्शीताका साथ गरिएकोमा सो पवित्र कार्य प्रति व्यक्तिको नाम नै तोकी हत्तोत्साहित गर्ने तथा सो कार्यमा द्वुविधा ल्याउने मनसायवाट गलत र नकारात्मक सोचका साथ लेख लेख्ने र प्रतिकृया लेख्ने कार्य भएको छ’, जारी बिज्ञप्तिमा भनीएको छ ।

नगरपालिकाद्धारा जारी विज्ञप्ति


प्रकाशित | २८ बैशाख २०८०, बिहीबार १७:४१