एकै दिन थपीए ११ हजार ३५२ जना कोरोना संक्रमित

काठमाडौँ ।  थप ११ हजार ३ सय ५२ जनामा कोरोना (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४७ हजार ९ सय २९ जना रहेका छन । त्यस्तै आज ६ सय १३ जना डिस्चार्ज भएका छन । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय २८ जना पुगेको छ ।

 

 


प्रकाशित | ५ माघ २०७८, बुधबार १७:०४