उपत्यकामा १ हजार ५५२ सहित ३ हजार ६३७ जना कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १११२ जनालाई कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन्।

आज देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८१२ पुगेको छ।


प्रकाशित | ६ कार्तिक २०७७, बिहीबार १६:५७