मन्त्रिपरिषद् बैठकका ६ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनीक (सूचीसहित)

काठमाडौं  – सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनीक गरेको छ । आज संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्नु भएको हो ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

१. माघ मसान्तसम्म सार्वजनिक स्थान, समारोह, सामाजिक कार्यहरूमा २५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन ।

२. सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, जिम, स्विमङपुल लगायत रात्रीकालीन व्यवसाय माघ १५ गतेसम्म सञ्चालन गर्न पाइने छैन ।

३. डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिविच दुई मिटर दुरी हुनुपर्ने, सामान छुन नपाइने, र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ ।

४. पार्टी प्यालेसमा कुल क्षमताको बढिमा ५० जना मात्रै उपस्थित हुन पाइने छ ।

५. विवाह, व्रतबन्ध, पास्नी लगायत समारोहमा सम्बन्धित जिल्ला अधिकारीबाट पूर्व स्वीकृती लिनुपर्ने छ ।

६. मठमन्दिरमा नित्य पूजा मात्रै गर्न पाइने र स्वास्थ्य मापदण्डहरू अनिवार्य रूपमा पालन गर्नुपर्ने छ ।

 

 


प्रकाशित | २ माघ २०७८, आईतवार २०:२२