कुमार बस्नेतको ‘घामको छायाँ’ बिमोचन

काठमाडौं:  लोक दोहोरी गीत ‘घामको छायाँ‘’ बिमोचन गरिएको छ । नेपाली लोकगीत क्षेत्रमा लोकप्रिय गायक कुमार बस्नेतले भिडियो प्रिमियर सँगै गीतको बिमोचन गर्नुभएको हो । गीतमा मिन प्रकाश ओलीले संगीत भरेका छन् भने रमेश बोहराको शब्द छन् । गीतको एजेन्ज केबि भण्डारीले गरेका हुन् । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियोमा भुपेन्द्र डाँगी र सृष्टि खड्काको अभिनय छ ।

प्रकाश खड्काले खिचेको भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् भने सम्पादनको काम मिलन विश्वकर्माले गरेका छन् । भिडियोका निर्माताद्धय रुद्र थापा र हरि श्रेष्ठ दर्शक तथा स्रोताले गीत मन पराउनेमा आशावादी देखिन्छन् । कार्यक्रम गोपिकृष्ण चापागाईंले सञ्चालन गरेका थिए ।

मेलिना राई र लक्ष्मण मगरको स्वरमा रहेको उक्त गीतबारे बोल्दै प्रमुख अतिथि बस्नेतले पछिल्लो समयका लोकगीतको क्षेत्रमा लागेका युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । गीतका संगीतकार मिन प्रकाशले पछिल्लो समय युवापुस्ताले मन पराउने प्रकारकै गीत बनेको बताए । यस्तै भिडियोमा अभिनय गरेका कलाकार भुपेन्द्र डाँगीले आफूले सक्दो राम्रो गर्ने प्रयास गरेको बताए ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ०८:४२