कागेश्वरी मनोहरा नगरपालिका-७ मा ‘मेयर सँग जेष्ठ नागरिक निशुल्क विशेषज्ञ स्वास्थ कार्यक्रम’ सम्पन्न (फोटोफिचर)

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिका ७ मा मेयर सँग जेष्ठ नागरिक निशुल्क विशेषज्ञ स्वास्थ कार्यक्रम आयोजना गरिएको छ । वडा न.७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शनिबार आयोजित स्वास्थ्य कार्यक्रममा ५८ पुरुष र १ सय ४ जना महिला गरि १ सय ६२ जनाले सेवा लिएका छन् ।

वडाध्यक्ष भिमसेन थापाका अनुसार कार्यक्रममा जनरल फिजिसियन ओपीडी, आँखा जाँच, आँखाक‍ो शल्यक्रिया, आँखा जाँच गरि निशुल्क चश्मा वितरण, दाँत जाँच, हाड जोर्नी जाँच, फिजियो, सुगर जाँच र मुटु जाँच गरिएको थियो । कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, स्वास्थ्य शाखा प्रमुख तुलजा लामा केसी, जनप्रतिनिधिहरुलगायतको सहभागि हुनुहुन्थ्यो ।

 


प्रकाशित | ११ चैत्र २०८०, आईतवार २१:२७