एनआरएनए यूकेमा काम गर्ने मौका दिनुहोस्, दुई बर्षपछि सबैले गर्ब गर्ने दिन आउँछ: पुनम गुरुङ

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूके अध्यक्षको उम्मेदवार पुनम गुरुङले एनआरएन यूकेमा आफू र आफनो टिमले काम गर्ने मौका पाए दुई वर्षपछि सबैले गर्व गर्ने दिन आउने बताउनुभएको छ । एनआरएन यूके इतिहासमा पहिलो पटक महिला नेतृत्वको लागि अगाडि बढिरहनु भएको पुनमले एनआरएनए यूकेमा काम गर्ने मौका पाएमा दुई बर्षभित्र सबैले गर्व गर्न लायक काम गरेर देखाउने बताउनुभएको हो ।

गुरुङले एनआरएन यूकेको इतिहासमा पहिलो पटक महिला नेतृत्व चुन्ने अवसर नचुकाउन समेत बेलायतबासी नेपाली समुदायमा आग्रह गर्नुभएको छ ।  गुरुङले चुनावी अभियानको क्रममा बेलायतबासी नेपाली समुदायबाट ठूलो सहयोग, आर्शिवाद, माया पाइरहेको बताउनुभयो ।

आफू धेरै भाषणा गर्ने भन्दा काम गर्ने कुरामा विश्वास राख्ने बताउँदै गुरुङले भन्नुभयो, ‘ म र  मेरो टिमलााई काम गर्ने मौका दिनुहोस, दुई वर्षपछि गर्व गर्ने दिन आउँछ ।

अध्यक्ष उम्मेदवार गुरुङले आफनो टिम पूर्ण समावेशी भएको समेत स्पष्ट पार्नुभयो । आफनो टिममा सबै पेशागत क्षेत्रको प्रतिनिधित्व रहेको उहाँको भनाइ छ । ‘अहिलेको जमानामा कुनै जात, धर्म, कुनै पक्ष नहुने भन्दै आफनो टिम पूर्ण समावेशी भएको स्पष्ट पार्दै भन्नुभयो, ‘यो टिमले नारीलाई अगािड बढाउनु नै सबैभन्दा ठूलो समावेशीता हो ।

हाम्रो टिममा डाक्टर, कलाकार, ईन्जिनियर, मोर्डल, ब्यवसायीदेखि विभिन्न क्षेत्रमा क्रिशालील उच्च ब्यक्तीत्वहरु हुनुहुन्छ ।’  आफनो टिम अत्यन्तै राम्रो रहेको बताउँदै यसको प्रमाण दुई वर्षभित्र देखिने समेत बताउनुभयो । एनआरएनलाई ‘हाम्रो एनआरएन, राम्रो एनआरएन’ बनाउने जिम्मा आफनो टिमले लिने भन्दै बेलायतबासी नेपाली समुदायमा ढुक्क भएर आफनो पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

नेतृत्व गर्ने मौका र अवसर मिले उदाहरणीय र नमूना बनाउने प्रण आफूले गरेको भन्दै अध्यक्ष उम्मेदवार पुनमले भन्नुभयो, ‘ नेतृत्वको लागि सबैभन्दा ठूलो गुण भनेको अनुभव, क्षमता नै हो, यो कुरा यूकेबासी नेपाली दिदी बहीनी, दाजुभाईहरुले राम्ररी बझनु भएको छ, यसक कुरामा सबैले मूल्यांकन गर्नुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।’

गत (२०१७ -०१९ ) को एनसिसी यूकेको निर्वाचनमा सबैभन्दा बढी मत पाएर उपाध्यक्षमा निर्वाचीत हुनुभएको पुनमको पक्षमा पछिल्लो समय माहौल उर्लदै गइरहेको छ । मतदाताको भावनालाई राम्ररी कदर गर्न सफल हुनुभएको पुनम यस पटक एनआएनए यूकेको १६ वर्षे इतीहासमा अर्को एउटा नयाँ रेकर्ड राख्दैहुनुहुन्छ । यूकेको इतिहासमा पहिलो महिला नेतृत्वमा ल्याउन यूकेबासीहरु समेत आत्तुर रहेका छन् । स्मरण रहोस: एनआरएन यूके यो पटक विश्वमा सबैभन्दा ठूलो एनसिसी समेत बनेको छ ।


प्रकाशित | १६ भाद्र २०७६, सोमबार १३:१७