अनिता गुरुङ नेतृत्वको एनआरएनए जापानले पायो पूर्णता

टोकियो – अनिता गुरुङ नेतृत्वमा रहेको एनआरएनए जापान पुर्नगठन गरिएको छ । बुधबार बसेको बैठकले कार्यसमिति पुनर्गठन गर्दै हाल कार्यबाहक अध्यक्ष रहनु भएकी गुरुङलाई पुर्ण अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । जापानको समाजलाई अझ बढी सहयोग, समन्वय गर्न र सामाजिक सेवालाई सकृय भएर लग्ने उद्देश्यले कार्यसमितिलाई पूर्णता दिइएको जनाइएको छ ।

एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको प्रमाणीत भइसक्दा पनि केन्द्रले पुन: निर्वाचन गराउन नचाहेको भन्दै यसअघि सन् २०१९-२०२१ कार्यकालको लागि कार्यवाहक अध्यक्ष रहनु भएको गुरुङको कार्यसमितिले ६ महिनाभित्र निर्वाचन गर्ने घोषणा गरेको थियो ।

यसअघि बसेको बैठकले सन् २०१९-२०२१ मा रहने कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई कमिटिमा रही कार्य गर्न र तीन दिनभित्र सम्पर्कमा आउँन आग्रह गर्दै नआए पुर्नगठन गरि कमिटिलाई पूर्णता दिने निर्णय थियो । सोही निर्णयअनुसार नआउनेको ठाउँमा बाहिरका अभियन्तालाई समेटेर पूर्णता दिइएको बताउनु भयो ।

गुरुङले आफूहरुले आइसिसी कार्यालयमा पटक पटक भौतीक रुपमा उपस्थित भएर धाँधली भएको रिपोटका आधारमा अगाडि बढ्न आग्रह गरे पनि वेवास्था गरेको बताउनु भयो । उता एनआरएनए आइसिसीले भने शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको एनसिसी जापानलाई मान्यता दिएको छ ।

बैठकले विभिन्न पाँच बुँदे निर्णय पनि गरेको छ ।

यस्तो छ बैठकका निर्णयहरु :-


प्रकाशित | २९ पुष २०७८, बिहीबार २०:५१