प्रजातन्त्र दिवसको अवसरमा कमल थापाद्वारा नयाँ पार्टी घोषणा

काठमाडौँ। कमल थापाले औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्नुभएको छ । आज प्रजातन्त्र दिवसको अवसर पारेर उहाँले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्नु भएको हो ।

काठमाडौँमा आयोजित पार्टी घोषणा सभालाई सम्बोधन गर्दै आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आएपनि त्यसो नगरेको बताउनुभयो । आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएका कारण सो पार्टीलाई नफुटाएको दाबी समेत गर्नुभयो ।


प्रकाशित | ७ फाल्गुन २०७८, शनिबार १६:२०