आज कति छ सुनचाँदी को भाउ ?

काठमाडौँ –आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ ।

 

 


प्रकाशित | २८ पुष २०७८, बुधबार १२:३१