नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आजबाट सुरु

काठमाडौँ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीमा आजबाट सुरु हुँदै छ ।
बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्नु हुने छ ।
तीन दिनसम्म चल्ने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार नै नयाँदिल्ली जानु भएको थियो । बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।


प्रकाशित | २ माघ २०७७, शुक्रबार ११:४८