जनताका मेयर उपेन्द्र कार्की: बोलीमा प्रष्टता, व्यवहारमा पक्का, निर्णय क्षमतामा दुरदर्शिता अनि गुनासो सुन्दै समाधानमा अग्रसरता

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले यतिबेला सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेको छ । प्रत्येक महिनाको पहिलो हप्ता बुधबार हुने कार्यक्रमको दोस्रो संस्करण पनि पूरा भइसकेको छ ।

यो कार्यक्रमको एउटै उदेश्य भनेको जनताको नजिक नगरपालिका हुनु हो । अर्थात भनौ नगरबासीहरुले भोगिरहेका समस्याहरुलाई नजिकबाट नियाल्दै समाधानतर्फ उन्मुख हुनु हो । यो नयाँ आर्थिक वर्षबाट सुरु भएको कार्यक्रमको माध्यमबाट नगरबासीहरु आफ्ना नगरप्रमुख संग नजिक हुन पाएका छन् । आफ्ना समस्याहरु पोख्न पाएका छन् । अनि समस्याहरुबाट छुटकारा समेत पाएका छन् ।

हो, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की निर्वाचित भएको एक वर्ष पूरा हुदै गर्दा जनताको मेयर बन्न सफल हुनु भएको छ । विकास निर्माणका ठूला ठूला योजनाहरुलाई सफल रुपमा कार्यान्पयन गर्ने देखी जनतासंग नै नजिक भएर जनताको पिडामा मल्हम लगाउन पनि उपस्थित हुनुले कार्की जनताको मेयर बन्दै गएको प्रष्टै देखिन्छ ।

निर्वाचन ताका आफुले बोलेका बचनहरु, आफुले बनाएका रणनीतिहरु अनि जनताप्रतिको बफादारीमा मेयर कार्की अब्बल बन्दै जानु भएको छ । जनतासंग गरेका हरेक वाचाहरु पूरा गर्न मेयर कार्की लागिरहनु भएको छ । बोलीमा प्रष्टता, व्यवहारमा पक्का, अनि निर्णय क्षमतामा दुरदर्शिता । यस्तै गुणले भरिपूर्ण हुनुहुन्छ , मेयर कार्की । 

जनताले प्रतिनिधिको रुपमा निर्वाचित गरेका जनप्रतिनिधिहरुले जनताकै वेवास्था गरेको कतिपय उदाहरण हामीसामु प्रष्टै छ । तर निर्वाचन ताका आफुले बोलेका बचनहरु, आफुले बनाएका रणनीतिहरु अनि जनताप्रतिको बफादारीमा मेयर कार्की अब्बल बन्दै जानु भएको छ । जनतासंग गरेका हरेक वाचाहरु पूरा गर्न मेयर कार्की लागिरहनु भएको छ । चाहे भौतिक पूर्वाधारको क्षेत्रमा होस् वा शिक्षाको क्षेत्रमा अथवा स्वास्थ्य क्षेत्रको सुधारमा किन नहोस् । जनताको समस्यालाई आफ्नो मन नजिक बनाएर अघि बढ्नु भएका मेयर कार्कीले क्रमश विभिन्न क्षेत्रमा सुधार ल्याउन सफल हुदै जानु भएको छ ।

बोलीमा प्रष्टता, व्यवहारमा पक्का, अनि निर्णय क्षमतामा दुरदर्शिता । यस्तै गुणले भरिपूर्ण हुनुहुन्छ मेयर कार्की । जनताको हर गुनासो सम्बोधन गर्ने क्रममा रहेको दोस्रो संस्करणको सार्वजनिक सुनुवाई कार्यक्रममा उहाँले बताउनु भयो ।

हर सल्लाह सुझावलाई गहन रुपमा मनन गर्दै कार्यान्वयनमा अघि बढ्नु भएको छ मेयर कार्की । सार्वजनिक सुनुवाईको पहिलो संस्करणमा खानेपानी, बाटोघाटो, विधुतका पोलहरुका समस्याहरुका बारेमा आम नागरिकहरुले बढी चासो देखाएका थिए । यस्तै दोस्रो संकरणमा पनि सडक, वन लगायतका क्षेत्रमा गुनासो अनि सल्लाह दुबै प्राप्त भएको थियो ।

जनताको प्रतिनिधि भइसकेपश्चात जनताकै नजिक रहेर, जनताकै लागि योजना ल्याउदै अब्बल रुपमा सफल कार्यान्वयन गदै जनताको राय सल्लाह अनि सुझाव ग्रहण गरेर जनतामै समर्पित मेयर कार्की वास्तवमै जनताकै मेयर बन्न सफल हुनु भएको छ ।

योजनाहरुको कार्यान्वयन गर्ने काममा निरन्तर अघि बढिरहेको मेयर कार्कीले बताउनु भयो । जनतालाई बाचा गरे अनुरुपका विभिन्न विकास निर्माणका कामहरुलाई तिब्रता दिने कुरामा पुनस् उहाँले प्रतिबद्धता जनाउनु भयो ।

नगरपालिकाको आम्दानीको स्रोतलाई बढाउन राजस्व संकलनमा सक्रियताका साथ अघि बढ्ने योजना पनि उहाँले सार्वजनिक कार्यक्रम मार्फत नै जानकारी दिदै साथका लागि नगरबासीसंग अपिल गर्नु भयो । दोस्रो संस्करणको सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर कार्कीले जनताको राय, सल्लाह , सुझाव लाई सुनेर अघि बढ्ने दोहोर्याउनु भयो ।

जनताको प्रतिनिधि भइसकेपश्चात जनताकै नजिक रहेर, जनताकै लागि योजना ल्याउदै अब्बल रुपमा सफल कार्यान्वयन गदै जनताको राय सल्लाह अनि सुझाव ग्रहण गरेर जनतामै समर्पित मेयर कार्की वास्तवमै जनताकै मेयर बन्न सफल हुनु भएको छ ।


प्रकाशित | ६ भाद्र २०८०, बुधबार २०:४५