प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेट, मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राजीनामा मागेपछि ओली राष्ट्रपतिसँग परामर्शका लागि शीतल निवास गएको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषदको बैठक अपरान्ह १२ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । सोअघि प्रधानमन्त्री केपी शर्मा ओली अहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शीतलनिवास पुग्नुभएको हो ।


प्रकाशित | १८ असार २०७७, बिहीबार १२:२४