पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण, ६१ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ। गत २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ४ ५ लाख २७ हजार १ सय ११ पुगेको छ।

उक्त अवधिमा ६१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ।


प्रकाशित | २९ जेष्ठ २०७८, शनिबार १९:३४