थप ९४४ जनामा कोरोना संक्रमण

काठमाडौँ । थप ९ सय ४४ जनामा कोरोना संक्रमण भएको छ ।नेपालमा संक्रमितको संख्या ८ लाख ३१ हजार ७ सय ४८ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ४० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ९७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १४ हजार ६ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ६ सय २ जना पुगेको छ ।

 


प्रकाशित | २४ पुष २०७८, शनिबार १६:४८