आगलागी हुँदा करोडौंको क्षति

पाँचथर । पाँचथरको फालेलुङ– ६ बरभन्ज्याङमा आगलागीबाट करोडौंको क्षति भएको छ । प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार स्थानीय जित बहादुर मेयोङबाको घरबाट अचानक विद्युत सर्ट भई बिहिबार बिहान आगलागी हुँदा १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

आगलागीबाट मेयोङबाको घर, उहाँले संचालन गर्दे आउनु भएको दुग्ध डेरी किराना पसल, नगद ७ लाख रुपैयाँ, नेपाली कांग्रेस वडा नं ६ को कार्यालयको फर्निचर, कागजपत्र समेत जलेर नष्ट हुँदा करिब ५७ लाख रुपैयाँको क्षति भएको थियो ।

यस्तै, रामजित राईको घर, घरमा बस्ने धर्म केरुङको किराना पसल गरी करिब ४० लाख रुपैयाँ, मन बहादुर राईको २० लाख रुपैयाको घर, महेन्द्र राईले संचालन गर्दे आएको आईएमई मनि ट्रान्सफर जल्दा ६ लाख रुपैयाँ, सोही घरमा रहेको जुत्ता पसल जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ, सुरेन्द्र राईको फेन्सि पसल, अलैँची गोदाममा आगलागी हुँदा २० लाख रुपैया र रञ्जना राईको टेलर्स, लुगा सिलाउने मेसिन, कपडा समेत १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

 


प्रकाशित | २२ पुष २०७८, बिहीबार १२:०३