काठमाडौंको विभिन्न ठाउँमा विस्फोट: तीन जनाको ज्यान गयो

काठमाण्डौ : काठमाण्डौको विभिन्न ठाउँमा विस्फोटमा परि तीन जनाको ज्यान गएको छ । अनागनगरमा विस्फोटमा एक जनाको ज्यान गएको छ । अनामनगरको विस्फोटमा घाइते भएका एकजनाको वीर अस्पतालमा उपचार भैरहेको छ । अनामनगरमा विस्फोट भएकै समयमा सुकेधारामा भएको विस्फोटमा २ जनाको ज्यान गएको छ । घाइते पाँच जनालाई उपचारका लागि ओम अस्पताल लगिएको छ । अहिलेसम्म ग्यास सिलिन्डर विस्फोट भएको या बम विस्फोट भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १८:२७