उपत्यकामा १ हजार १७७ सहित २ हजार १२० कोरोना संक्रमित थपिए, आठ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित छन्।

उपत्यकामा १ हजार १ सय ७७ थपिए

काठमाडौं उपत्यकामा एकै दिन १ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा भेटिएका २ हजार १ सय २२ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ७७ संक्रमित भेटिएका हुन्। काठमाडौं, भक्तपुर र ललितपुरमा गरी १ हजार १ सय ७७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आठ जनाको मृत्यु

थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २८ पुगेको छ।

७ वटा जिल्लाका २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा २८ वर्षीया महिला, ललितपुरमा ८३ र ६८,

सिन्धुपाल्चोकमा ४१, दोलखामा ६५ वर्षीय पुरुष, चितवनमा ७६ वर्षीया महिला र कैलालीमा ७९ वर्षीय पुरुषको मृत्यु भएको छ।


प्रकाशित | १७ आश्विन २०७७, शनिबार १६:५१