यस वर्ष हङकङ बन्यो विश्वकै महँगो शहर

हङकङ : यस वर्ष पनि हङकङ विश्वकै महँगो शहर बनेको छ । मर्सरले लिएको २०२० कस्ट अफ लिभिङ सर्भेका आधारमा हङकङ विश्वकै महँगो शहर भएको हो । खाद्यान्न, हाउजिङ, यातायात, मनोरन्जन र घरधुरी लगायत २०० भन्दा बढी बस्तुको प्रतिस्पर्धी मूल्यका आधारमा ४०० शहरमा यो अध्ययन गरिएको थियो ।

यो सर्भेका आधारमा हङकङ पहिलो स्थानमा परेको हो । दोस्रोमा आस्गावाद रहेको छ । टोकियो र जुरिच तेस्रो र चौथो स्थानमा परेका छन् । विगतका वर्षहरुमा बारम्बार विश्वकै महँगो शहरको रुपमा रहदै आएको सिंगापुर पाँचौ स्थानमा परेको छ ।

बर्न आठौ, स्वीस शहर जेनेभा नवौ र बेइजिङ दशौ स्थानमा परेका छन् । विश्वकै सस्ता शहरहरुमा ट्यूनिस, विन्डहक, तासकेन्त र बिसेक रहेका छन् । एजेन्सी


प्रकाशित | ३२ जेष्ठ २०७७, आईतवार १४:२९