अनिता गुरुङ नेतृत्वको एनआरएनए जापानले ६ महिनाभित्र पुनः निर्वाचनको वातावरण बनाउने घोषणा

टोकियो – अनिता गुरुङ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले ६ महिना भित्र निर्वाचन गर्ने वातावरण बनाउने घोषणा गरेको छ । एनसिसी जापान १०१९–२०२३ कार्यसमितिकी कार्यवाहक अध्यक्ष अनिता गुरुङको अध्यक्षतामा बसेको बैठकले पुनः निष्पक्ष निर्बाचन नहुन्जेलसम्म एकजुट भएर संस्थाको हितको लागि सक्रिय रहँदै समस्यालार्ई समाधान गर्दै सबै नेपाली एकजुट हुन अपिल गरेको हो ।

बैठकले विभिन्न ९ बूँदे निर्णय गर्दै अर्को निष्पक्ष निर्बाचन नहुन्जेलसम्म २०१९–२०२१ को कार्यसमितलाइ नै निरन्तरता दिएको र २०२१ जुलाई ३० तारिखको धाँधलीपुर्ण निर्वाचनका कारण पर्न गएको असहजताप्रति क्षमा मागेको छ ।

यस्तै बैठकले क्षेत्रिय समितिहरुसंग समन्वय गरि एक क्षेत्र एक परियोजना लागु गर्दै योजनाको १० प्रतिशत रकम राष्ट्रिय कमिटिले व्यवस्थापन गर्ने गरि लागु गर्ने, एनआरएनए जापानको बिधानमा सुरक्षित गरे अनुरुप क्षेत्रिय समितिहरुको रकम तत्काल भुक्तानी गर्ने र क्षेत्रिय कमिटिको स्तरोन्नतिका लागि थप रकम बिनियोजन गर्ने, धाँधलीपूर्ण निर्वाचनको कारण देखिएका दुबै पक्षलाइ उचित सम्बोधन हुने गरि निष्पक्ष निर्वाचन गर्ने काममा अगाडि बढ्ने निर्णय गरेको छ ।

त्यस्तैगरि, आईसिसि, अग्रज र सरोकारवालासँग समन्वय गर्दै सहयोग लिदै ६ महिना भित्र २१–२३ कार्यकालको लागि निर्वाचन गर्ने वातावरण बनाउने, धाँधलीपूर्ण निर्वाचनले नेपाली समुदायमा देखिएको अन्योलपूर्ण स्थितीलाई उचित सम्बोधन गर्दै अगाडि बढ्ने, तत्काल २१–२३ को लागि आईसिसि महाधिवेसन प्रतिनिधि पठाउने सम्वन्धमा अध्यक्ष मण्डलसंग समन्वय गरि नामावली पठाउनेलगायत निर्णय गरेको छ । परिषदकी का।

अध्यक्ष अनिता गुरुङको अध्यक्षतामा बसेको बैठकका निर्णयहरु :-

१. पुन निष्पक्ष निर्बाचन नहुन्जेल सम्म एक जुट भएर संस्थाको हितको लागि सक्रिय रहदै समस्यालाइ समाधान गर्दै सबै नेपाली एक जुट हुन हार्दिक अपिल गर्दछौ, साथै २०२१ जुलाई ३० तारिकको धादलीपुर्ण निर्वाचनका कारण पर्न गएको असहजता प्रति क्षमाप्राथि छौ।

२. क्षेत्रिय समितिहरु संग समन्वय गरि एक क्षेत्र एक परियोजना लागु गर्दै योजनाको १० प्रतिशत रकम राष्ट्रिय कमिटिले व्यवस्थापन गर्ने गरि लागु गरिने छ।

३. एन आर एन ए जापानको बिधानमा सुरक्षित गरे अनुरुप क्षेत्रिय समितिहरुको रकम तत्काल भुक्तानी गर्ने र क्षेत्रिय कमिटिको स्तरोन्नतिका लागि थप रकम बिनियोजन गर्ने।

४.धाधलीपूर्ण निर्वाचनको कारण देखिएका दुबै पक्ष लाइ उचित सम्बोधन हुने गरि निस्पक्ष निर्वाचन गर्ने काममा अगाडि बढ्ने त्यस्को लागि आईसिसि, अग्रज र सरोकारवाला सॅग समन्वय गर्दै सहयोग लिदै ६ महिना भित्र २१- २३ कार्यकालको लागि निर्वाचन गर्ने वातावरण बनाउने।

५. एन आर एन ए जापानको धादली पूर्ण निर्वाचनले नेपाली समुदायमा देखिएको अन्योल पूर्ण स्थिती लाइ उचित सम्बोधन गर्दै अगाडि बढ्ने।

६. तत्काल २१- २३ को लागि आईसिसि महाधिवेसन प्रतिनिधि पठाउने सम्वन्धमा अध्यक्ष मण्डल संग समन्वय गरि नामावली पठाउने।

७. एन आर एन ए जापानको धादली पुस्टि भएको निर्वाचनमा सहभागि उम्मेद्वार हरुको निर्वाचन शुल्क मा निर्वाचन गर्दा लागेको खर्चमा संस्थालाई आर्थिक भार नपर्ने गरि उमेदवारी शुल्कको १० प्रतिशत कट्टा गरि बाकि शुल्क फिर्ता गर्ने ।

८.अनुशासन र समय मै समस्या निरोपण गर्न तथा अधिकारको प्रत्याभुती दिन अधिकार प्राप्त अनुशासन समिती गठन गर्ने ।

९. २१-२३ को निर्वाचन धादलि सम्वन्धि बनेको छानबिन समितिको रिपोटको आधारमा सदस्य रुजु गर्ने अख्तियारी प्राप्त एडमिन लाई स्पस्टिकरण सोध्ने र आवस्यक प्रकृया अगाडि बढाउने ।


प्रकाशित | १४ पुष २०७८, बुधबार ११:१४