छोराले गरे बाबुको हत्या

रुकुम पूर्व: जिल्लाको भुमे गाउँपालिका ७ गुनामका २० वर्षीय बिरत बिकले ४१ वर्षीय रमन बिकको हत्या गरेका छन् । बिरतले खुकुरी प्रहार गरी आफ्नै बुवाको हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक बीरबहादुर सुनारका अनुसार बिहिबार बिहान ५ बजे रमनको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरिएको हो । हत्या आरोपमा बिरजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी कारणले हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार ११:०१