संसदमा देउवाको आक्रोश : कांग्रेसका पालामा शूरु भएका योजना उद्घाटन गरेर झुटा प्रचार गर्ने ?

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान विगतमा आफनो नेतृत्वमा शूरु भएका योजना उद्घाटन गरेर झुटा प्रचारमा गरेको आरोप लगाउनुभएको छ । सोमबारबाट सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले विगतका सरकारले सुरु गरेका योजना आफैले गरेको भनी झुटा कुरा गर्दै हिडेको बताउनुभयो ।

‘हाम्रो पालामा भएको योजना उद्घाटन गर्दै सरकार जस लिइरहेको छ। बूढीगण्डकी परियोजनाको भविष्य अनिश्चित भएको छ’, देउवाले भन्नुभो, ‘विदेशी लगानीको डिङ हाँक्ने सरकारको काम निराशाजनक देखिएको छ। थप विदेशी लगानी भित्र्याउने सरकारको उपलब्धि शून्य छ।’

‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आफैले गरेको भनी प्रचार गरिएको छ’, उहाँले भन्नुभयो, ‘विरामीलाई ५ हजार भत्ता दिने मेरै नेतृत्वको सरकारको निर्णय खारेज गरिदियो। चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गराएर सरकारले गैरजिम्मेवारको पराकाष्ठा नाघ्यो। दिनानुदिन भ्रष्टाचार बढेको छ। यसरी आर्थिक विकास हुँदैन, म प्रधानमन्त्रीलाई आग्रह गर्दछु।’

ललिता निवास जग्गा प्रकरणमा दोषीलाई अख्तियारले निष्पक्ष छानविन कारवाही गर्न समेत माग गर्नुभयो । ‘देउवाले दिनानुदिन नागरिक मूल्यवृद्धिको मारमा परेका गुनासो गरे। उनले चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गर्नु सरकारको गैरजिम्मेवारपूर्ण रबैया भएको बताए। ‘दिनानुदिन भ्रष्टाचार बढ्दै गएको छ। राष्ट्रपतिले पनि भ्रष्टाचार संस्थागत भएको बताउनुभएको छ’, उहाँले भन्नुभयो, ‘वाइडबडी काण्डका दोषीलाई सरकारले कारबाही गर्न सकेन। बालुवाटारको सरकारी जग्गा पनि भूमाफियाको कब्जामा छ।’


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १९:०२