हुस्सुका कारण आन्तरिक उडान प्रभावित

काठमाडौँ । बाक्लो हुस्सु र कुहिरोले तराईका अधिकांश जिल्लामा तय भएका आन्तरिक उडानमा असर परेको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार हुस्सु नखुलेसम्म विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा हुने उडान सम्भावना छैन । अन्तर्राष्ट्रिय उडान भने खासै समस्या नभएको प्राधिकरणले जनाएको छ ।
आन्तरिकतर्फ दैनिक औसत ९० हाराहारी उडान हुने गरेकोमा हुस्सु लाग्न थालेपछि भिजिबिलिटी अभावमा दिनैपिच्छेजस्तो उडान प्रभावित हुँदै आएको बताइएको छ । कतिपय उडानमा ढिलाइ भइरहेको छ भने कतिपय रद्द नै हुने गरेको छ ।


प्रकाशित | २ माघ २०७७, शुक्रबार ०८:४८