प्रहरी एसएसपी सुशीलकुमार यादव मृत अवस्थामा फेला

काठमाडौं –  नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

 


प्रकाशित | ९ पुष २०७८, शुक्रबार १३:४७