संसद विघटनको निर्णय असंवैधानिक: माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ठ पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारले गरेको संसद् विघटनको निर्णय असंवैधानिक भएको प्रतिक्रिया दिनुभएको छ ।

सरकारको कदम लोकतान्त्रविरोधी, जनविरोधी र लज्जास्पद भएको बताउनुहुँदै भन्नुभयो, ‘संसद विघटन गर्न उहाँले पाउनुहुन्न । यो पूरै असंवैधासनिक कदम हो ।’

नेता नेपालले प्रधानमन्त्री ओलीको कदम राजनीतिक रूपमा पनि लोकतन्त्रविरोधी र निन्दनीय भएको बताउनुभयो । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले संघीय संसद् विघटन गर्ने निर्णय गरेको हो ।


प्रकाशित | ५ पुष २०७७, आईतवार १२:२०